मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी सडक नाटक

Logo
Karnali serophero आइतबार, कार्तिक २३, २०८३

हुम्ला । हुम्लाका दुर्गम बस्तीमा सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सर्केगाड र सिमकोट गाउँपालिकामा सडक नाटक प्रदर्शन गरिएको छ ।

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्ला (SIDC) को आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सडक नाटक प्रदर्शन गरिएको हो ।

ग्रामीण क्षेत्रमा अझै पनि गर्भवती महिलाले समयमै स्वास्थ्य सेवा नलिने, घरमै सुत्केरी हुने तथा बाटोमै बच्चा जन्माउनुपर्ने समस्या रहेकाले समुदायलाई सचेत बनाउन कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

नाटकमार्फत गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण (ANC), प्रसूतिपछि आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण (PNC) र सुरक्षित प्रसूतिका विषयमा सन्देश प्रवाह गरिएको थियो। गर्भवती महिलाले स्वास्थ्य मापदण्डअनुसार कम्तीमा आठ पटक गर्भ जाँच गराउनुपर्ने विषयलाई समेत प्राथमिकता दिइएको थियो ।

युथ क्लबका सदस्य ऐटन रावलका अनुसार नाटकले समुदायमा विद्यमान अन्धविश्वास र गलत सामाजिक मान्यतालाई उजागर गर्दै समयमै स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति गराउन प्रेरित गरेको छ । कार्यक्रममा देउडा गीतमार्फत समेत मातृ तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला