१५ दिने हाते धुप सम्बन्धि सिप विकास तालिम सम्पन्न

Logo
छपाल लामा सोमबार, बैशाख २१, २०८३

१५ दिने हाते धुप सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम सिमकोट गाउँपालिकाले संचालन गरेको हो । समुदायका आर्थिकरुपमा विपन्न लक्षित वर्गका महिलाहरुलाई उक्त तालिम पर्दान गरिएको हो ।

सिमकोट गाउँपालिका अन्तरगत उधम विकास शाखाको आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा आज साेमबार सम्पन्न भएको छ । आर्थिक विपन्न महिलाको आय आर्जनमा वृद्धि गर्नका लागी उक्त तालिम संचालन गरेको उधम विकास सहजकर्ता शान्ति भण्डारीले बताएकी छन् ।

स्थानिय स्तरबाटै प्राप्त कच्चा पर्दाथबाट उत्पादन गर्न सकिने भएकाले स्थानिय महिलालाई तालिम पर्दान गरी आर्थिक उपार्जनका लागी उक्त तालिम दिएको सहजकर्ता भण्डारीले बताएकी छन् । बैशाख २ गतेबाट संचालन भएको उक्त तालिममा धुपी, चिमालो, जटामासी, नेपाली कागज लगायतका कच्चा पर्दाथबाट बनाइएको भण्डारीले बताएकी छन् ।

त्यसै गरी सिमकोट गाउँपालिकाका अध्यक्ष एव उपाध्यक्ष पत्रकारहरुको उपस्थितमा सोही गाउँपालिका वडा नं १ मा निर्माण भएका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमनमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, पत्रकार महासंघका उपाध्यक्ष छपाल लामा लगायत सरोकारवाला निकायको उपस्थित रहेको थियो । अनुगमन गरिएका योजनाहरुमा विद्यालय, घट्ट लगायतका योजनाहरु रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला